दुलेगौंडा । समाजसेवी, व्यवसायी एवम् लाेकदाेहाेरी गायिका मालती रानाले सहिद कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई स्विटर वितरण गरेकी छिन् ।
विद्यालयकी पुर्व विद्यार्थी समेत रहेकी रानाले जाडाे समयमा विद्यार्थीहरू कठ्याङ्ग्रीदै विद्यालयसम्म आउनुपर्ने अवस्थाकाे अन्त्य हाेस् भन्ने हेतुले न्यानाे कपडा वितरण गरिएको बताए । साथै उनले आगामी बर्षमा ५० जना विद्यार्थीलाई न्यानाे कपडा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
विद्यालयका प्रधानाध्यापक राजन प्रसाद खनालले परिवारकाे आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूकाे आवश्यकता पूरा गर्न सहयोग पुर्याएकाे बताए ।