दुलेगौंडा । लाइफ जिम दुलेगौंडाले तिहारकाे अवसरमा खेलेकाे देउसी भैलाेबाट सङ्कलित रकम विद्यार्थी पाेशाक र शैक्षिक सामग्रीका लागि खर्च गरेको छ ।
मंगलबार शुक्लागण्ठकी नगरपालिका-२ हलेदीमा रहेको शिला प्राथमिक विद्यालयमा अध्ययन गर्ने ३२ जना विद्यार्थीलाई न्यानाे कपडा साथमा शैक्षिक सामग्री वितरण गरेको छ ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिका-२ का वडाध्यक्ष समन बहादुर राना मगरले जाडो समयमा युवा जमातले विद्यार्थीकाे लागि आवश्यक शैक्षिक सामग्री सहित न्यानो कपडा वितरण गर्नु उत्कृष्ट कार्य रहेको बताए ।
यसैगरी लाइफ जिमका प्राेपाइटर शैलेस रिमालले जाडाे समयमा विद्यार्थी कठ्याङ्ग्रीदै विद्यालय आउन नपराेस् भनेर न्यानो पाेशाक सहित शैक्षिक सामग्री वितरण गरिएको बताए । भैलाेबाट संकलित रकम घुमेर मात्रै सक्नु भन्दा सामाजिक हितका लागि खर्च गर्न पाउदा खुसी लागेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर पन्तले सामान्य आर्थिक अवस्था भएका परिवारका बालबच्चाकाे दुखमा मलम लगाउन लाइफ जिमले महत्त्वपूर्ण भूमिका निर्वाह गरिएको बताए । साथै संस्थाले भैलाेबाट सङ्कलित रकमकाे न्याय गरेको समेत बताए ।