दुलेगौंडा । शुक्लागण्डकी जेसीजले शुक्लागण्डकी नगरपालिका–३ मा रहेको निर्मल प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । जेसीज सप्ताहन्तको अवसरमा क्लबले उक्त विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई स्टेस्नरी साथै विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष सचिन भुजेलले ग्रामिण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तरलाई मध्यनजर गर्दै विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नु आफैमा उत्कृष्ट कार्य रहेको बताए । जेसीजले क्लबका सदस्यको व्यक्तित्व र नेतृत्व विकास गराउनुका साथै समय व्यवस्थापन गर्न सिकाउने हुदाँ विद्यार्थीले पनि यस बिषयको सिको गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै जेसीज बर्ष २०२४ का अध्यक्ष रमेश भण्डारीले विद्यार्थीहरुलाई स्टेस्नरी अभावमा सिकाइमा असहज परिस्थिती नआहोस् भनेर यस कार्यक्रम गरिएको बताए । उनका अनुसार क्लबले आगामि दिनहरुमा पनि विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्लबका अध्यक्ष भडारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, प्रधानाध्यापक गोमा जिसी, जेसीज बर्ष २०१५ का अध्यक्ष युवराज भट्टराइ, कार्यक्रमका सहसंयोजक अनिश ढकाल, जेसीज बर्ष २०२३ का उपाध्यक्ष भीष्म श्रेष्ठ लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन जेसीज बर्ष २०२४ का सहसचिव मदन सिग्देलले गरेका थिए ।