दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–९ मा रहेको भ्याली युथ क्लबले तिहारको अवसरमा खेलेको देउसी भौलोबाट संकलित रकम मध्य ३० प्रतिशत रकम शैक्षिक क्षेत्रमा खर्च गरेको छ ।
विद्यालय तथा समाजको सकारात्मक परिर्वतन गर्न क्लब पनि उत्तरदायी हुनुपर्ने हुदाँ भौलोबाट संकलित रकममध्य ३८ हजार रुपैयाँ विद्यालयको शैक्षिक स्तर सुधार गर्नका लागि खर्च गरिएको क्लबका अध्यक्ष सुबास शाहीले जानकारी दिए । ‘ युवा क्लब, विद्यालय र समुदाय भित्रकै एउटा अंग हो । भैलो खेल्ने अधिकांश विद्यालय तथा कलेज लेभलका छन् । त्यसैले हामीले उनीहरुको शैक्षिक स्तर वृद्धि गर्न सोही अनुरुप विद्यालयमा नै शैक्षिक सामग्री वितरण, अतिरिक्त क्रियाकलाप सञ्चालन र डष्डबिन स्ट्यान्ड र डष्टबिन हस्तान्तरण गरेका छौं’ उनल भने ।
क्लबले गुर्दुममा रहेको शारदा प्राथमिक विद्यालय र तालबेसी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण सहित डष्टबिन वितरण कार्य गरेको क्लबका सचिव सुमन श्रेष्ठले बताए । उनका अनुसार शारदा प्राविमा दुई थान डष्टबिन र एक थान डष्टबिन स्ट्याड, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको थियो भने तालबेसी माध्यमिक विद्यालयमा ८ थान डस्टबिन, चार थान स्ट्याड साथै सदन अनुसार हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी पुरस्कार वितरण गरिएको थियो ।