दुलेगौंडा । शुक्लागण्डकी जेसीजले आयोजना गरेको बिस्तारै बाइक तथा स्कुटर चलाउने प्रतियोगितामा भीष्म श्रेष्ठ प्रथम भएका छन् । उनले प्रतियोगितामा सहभागी ५३ जनालाई पछाडि पार्दै प्रथम भएका हुन् । जितसँगै श्रेष्ठले नगद ५ हजार रुपैयाँ साथमा मायाको चिनो प्राप्त गरेका छन् ।
यसैगरी प्रतियोगितामा मनिष श्रेष्ठ द्वितीय भएका छन् भने देव दिग्गज श्रेष्ठ तृतीय भएका छन् । प्रतियोगितामा द्वितीय र तृतीय हुनेले क्रमश पच्चिस सय र पाँच सय साथमा मायाको चिनो प्राप्त गरेका छन् ।
तीब्र गतिमा सवारी चाउदाँ दुर्घटना हुने जोखिम अधिक मात्रामा हुने हुदाँ मोटरसाइकल चालकहरुलाई सचेत गराउनका निम्ति जेसीज सप्ताहन्तकाे अवसरमा बिस्तारै माेटरसाइकल चलाउने प्रतियोगिता आयाेजना गरिएको जेसीज बर्ष २०२४ का अध्यक्ष रमेश भण्डारीले बताए ।