दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता हुने भएको छ । शुक्लागण्डकी जेसीजले जेसीज सप्ताहन्तको अवसरमा बिस्तारै बाइक चलाउने प्रतियोगिता गर्न लागेको हो ।
तीब्र गतिमा सवारी चाउदाँ दुर्घटना हुने जोखिम अधिक मात्रामा हुने हुदाँ मोटरसाइकल चालकहरुलाई सचेत गराउनका निम्ति पनि यस प्रतियोगिताले सहयोग पु¥याउने जेसीज बर्ष २०२४ का अध्यक्ष रमेश भण्डारीले बताए । उनका अनुसार प्रतियोगिता समापन संगै ट्राफिक सचेतना कार्यक्रम पनि हुने छ ।
बिस्तारै बाइक चलाउने प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार साथमा प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सहभागि हुन प्रतिव्यक्तिले सय रुपैया बुझाउनुपर्ने कार्यक्रमका संयोजक दिवसचन्द्र श्रेष्ठले जानकारी दिए । प्रतियोगिता कार्तिक ३० गते विहान ८ः३० बजे ईलाका प्रहरी कार्यालय बेलचौतारा पछाडिको भित्री सडकमा हुने छ ।