दुलेगौंडा । स्याङ्जा र तनहुँको भुभागमा हुने पाँचौं संस्करणको ‘क्रसकन्ट्री दौड प्रतियोगिता’ पुस ८ गते पुतलीबजार नगरपालिका–९ कोल्माको बराहचौरमा सुरु हुदै छ । उक्त प्रतियोगिता सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको हो ।
क्रस कन्ट्री दौडमा २१ बर्ष माथिको २५ किलोमिटर, एक्काइस बर्षमुनिका पुरुषतर्फ १० किलोमिटर, खुला महिलातर्फ १० किलोमिटर र माध्यमिक विद्यालय अध्ययन गर्ने विद्यार्थीतर्फ ५ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ ।
२५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ४० हजार, तृतीय हुनेले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । यसैगरी, २१ बर्ष मुनिका पुरुष र खुला महिला तर्फको १० किलोमीटर दौडमा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १५ हजार, १० हजार र ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यसैगरी माध्यमिक विद्यालयमा अध्ययनर विद्यार्थी तर्फको ५ किलोमिटर दौडमा प्रथम हुनेले १२ हजार, द्धितीय हुनेले ८ हजार र तृतीय हुनेले ४ हजार साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै हरेक विधामा १० हौं स्थान आउने हरेक धावकलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
कोल्मा बराहचौरदेखि सुरु गरिने दौड प्रतियोगिता काउँले — बहाकोट — राङभाङ डाँडा स्वारा — नाम्चे — काल्खु — राईपुर — ओरष्टे भन्ज्याङ् हुदैं पुनः कोल्मा सम्मको लागि रुट तय गरिएको छ ।
खेलकुदको माध्यमबाट ऐतिहासिक सातसय कोल्मालाई प्रचार प्रसार गरी पर्यटन प्रबद्धनमा सहयोग पु¥याउन दौद प्रतियोगिता आयोजना गरिएको मञ्चका सचिव जीवन थापाले बताए ।
प्रतियोगिता आयोजना गरेपश्चात ऐतिहासिक सात सय कोल्मामा पर्यटकको आकर्षण बढ्दो क्रममा रहेको मञ्चका महासवि जीवन पोख्रेलले बताए । उनका अनुसार हाल होमस्टे सञ्चालन गरेर बसिरहेका मानिसहरुले आर्यआर्जन गरेर जीविकोपार्जन गर्न सफल भएको छन् ।