दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं. ४ ले शुक्लागण्डकी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मुग्लीन–पोखरा सडक खण्ड अन्तर्गत दुलेगौंडाको तनहुँ सेवा हस्पिटलदेखि खड्कमाई पेट्रेल पम्पसम्मको बाँयातर्फको सडकदेखि घरसम्म आवत जावतमा असहज रहेको हुदाँ उक्त समस्या समाधनका निम्ति संघले नगरपालिकालाई ध्यानाकर्षण गराएको हो ।
सडकको बाँयातर्फ नाला बनाई पर्खाल लगाएको र उक्त ठाउँलाई व्यस्थित नगरेको हुदाँ दुर्घटनाको जोखिम बढेको संघका सभापति बालकृष्ण विकले जानकारी दिए । उनका अनुसार सडक र घर बिचमा रहेको खाडलका कारणले पसलसमम आवतजावतमा समस्या देखिनुका साथै एम्बुलेन्स, खाद्यान्न ढुवानी, खानेपानी ओसारपसार लगायतका कार्यमा समस्या देखिएका छ । संघले उक्त समस्या समाधाान गर्नका लागि नगरपालिकाले सम्बन्धी निकायसंग समन्वय गरी दीर्घकालिन रुपमा समस्या समाधान गरिदिन आग्रह गरेको छ ।