दुलेगौंडा । यसअघि हरेक हप्ताको सोमबार बन्द हुने शुक्लागण्डकीको बजार क्षेत्र अबदेखि शनिबार बन्द हुने भएको छ । शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघको कार्तिक २८ गते बसेको बैठकले मंसिर १ गतेदेखि लागु हुने गरी बजार क्षेत्र बन्द हुने निर्णय भएको संघका महासचिव सुजन श्रेष्ठले बताए ।
अधिकांश उद्योगी, व्यापारीको आग्रहलाई मध्यनजर गर्दै व्यवसायीक हितको लागि सोमबार बन्द हुने बजार शनिबार बन्द गर्न लागिएको महासचिव श्रेष्ठले बताए । उनका अनुसार अर्को सुचना नआएसम्म हरेक हप्ताको शनिबार शुक्लागण्डकीको बजार क्षेत्र बन्द हुने छ ।