दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका-३ मा सम्झौता शिविर भएको छ । शुक्लागण्डकी नगरपालिकाले नगर स्तरीय योजनालाई प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न गर्न वडामै पुगेर योजना सम्झौता शिविर सञ्चालन गरेको हाे ।
यसअघि वडा नंं २ बाट योजना सम्झौता शुरु गरेको नगरले सोमवार वडा नंं ३ मा योजाना सम्झौता गरेको हाे । जनतालाई घरदैलोमै पुगेर सेवा दिने नगपालिकाको लक्ष्य अनुसार सञ्चालन गरिएको वडा नंं ३ का अध्यक्ष सचिन भुजेलले जानकारी दिए ।
शिविर मार्फत नगर वडाका १० वटा योजना सम्झौता गरिएको नगरपालिकाका सुचना अधिकारी समेत रहेका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए । लम्सालले नगर स्तरीय पूर्वाधार विकासका योजनाहरु सम्झौता गर्न नगरपालिकाका कर्मचारी र एनआइसी एसिया बैकका कर्मचारीहरु संयुक्त रुपमा वडा वडामा आएको उल्लेख गरे । शिविरमा योजना शाखा, प्राविधिकसँगै कृषि विकास शाखाका प्रमुखको सहभागिता रहेको थियो ।