दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–४/८ को संगम स्थल पुल्चोक क्षेत्रमा हरेक बर्ष ठूलो एकादशीका नामले चिनिने हरिवोधिनी एकादशीको दिन एकादशी मेला लाग्ने गर्छ । यस बर्ष पनि एकादशी मेला हुने भएको छ । हालसम्म मेलाको सम्पूर्ण तयारी पुरा भएको शुक्ला हिलेटार मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम शर्मा भण्डारीले जानकारी दिए ।
मेलामा मन्दिरको भित्री घेरामा धार्मिक गतिविधि हुने छ भने बहिरी घेरामा व्यापारिक गतिविधि सञ्चालन हुने शुक्ला हिलेटार मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले जानकारी दिए । एकादशी मेलामा पाँच वटा फूल (तोरन) तारिने भएको छ ।
मेलालाई व्यवस्थित बनाउनका लागि पुलचोक क्षेत्रमा मानिसहरुको चाप बढेसंगै हेल्थपोष्टदेखि भोटेक्याम्पसम्म सावारी साधनको आवतजावतमा पूर्ण रोक लगाइने भएको छ । उक्त दिन सवारी चालकले गाछेपानी, पुलचोकको काठेपुल हुदै बैकल्पीक मार्गलाई प्रयोग गर्न सकिने छ ।