दुलेगौंडा । दुरुङ्चुङ रुद्राक्ष समाजको संयोजकमा एकनारायण भण्डारी चयन भएका छन् । रुद्राक्षको धार्मिक,ऐतिहासिक र वर्तमान महत्त्व समाज समक्ष पुनर्जागरण गराउन भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
समितिको सहसंयोजकमा लक्ष्मण पुरी, सचिवमा सुमन तिम्सिना, कोषाध्यक्षमा सीता पौडेल चयन भएका छन् । यसैगरी सदस्यमा आजा पौडेल, हरि खरेल, सुरज भण्डारी, दुर्चना श्रेष्ठ चयन भएका छन् । समितिको संरक्षक एवम् सल्लाहाकारको रुपमा किरण पौडेल रहेका छन् ।
सनातनदेखि वेद,पुराण,रामायण, महाभारत जस्ता धार्मिक तथा ऐतिहासिक प्राचीन ग्रन्थहरूमा रुद्राक्षलाई सकारात्मक ऊर्जा प्रदान गर्ने ,मानसिक शान्ति प्रदान गर्ने, आध्यात्मिक चेतनालाई जागृत गराउने तत्वको रुपमा लिईन्छ । समाजले शुक्लागण्डकीमा रुद्राक्षको खेति कसरी गर्ने, कति विरुवा लगाउने, कुन कुन स्थानमा राम्रो हुन्छ सो विषयको बारेमा अध्ययन गर्ने छ ।