दुलेगौडा । ऋषिङ्ग गाउँपालिकामा बुधबार देखी ३ दिने प्रशिक्षण कार्यक्रम सुचारु भएको छ ।
ऋषिङ्ग गाउँपालिकाको आयोजना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोग, सह-आयोजनामा सञ्चालन उक्त ३ दिने सार्वजनिक खरिद, राजश्व प्रशासन र स्थानीय सेवा प्रवाह सम्बन्धी तालिममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत सबै कार्यपालिका सदस्य, शाखा प्रमुख, ८ वटै वडाका वडा सचिव एवं प्राविधिक कर्मचारी (ईन्जिनियर, सब-ईन्जिनियर र असिस्टेन्ट सब-ईन्जिनियर सहभागी छन् । यस तालिम कार्तिक २२ गते छठ पर्वको दिनमा समेत सञ्चालन हुने छ ।