दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेकाे लायन्स क्लब अफ तनहुँ खैरेनीटारले शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारमा विपन्न नागरिकलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।
चाडपर्व आपसी सम्बन्ध प्रगाढ बनाउने माध्यम भएको लायन्स क्लबका प्रथम डिष्ट्रिक गभर्नर एक नारायण शर्माले बताए । विपन्न परिवारकाे चुलाेमा आगाे बाल्न क्लबले गरेको कार्य उत्कृष्ट रहेकाे बताए ।
नेपालीहरूकाे महान पर्व तिहारमा खाद्यान्न अभावकै कारण विपन्न परिवारकाे चाडपर्व खल्लो नहाेस् भन्ने हेतुले खाद्यान्न सामग्री हस्तान्तरण गरिएको क्लबका पूर्व अध्यक्ष पिताम्बर तिमिल्सिनाले बताए । आफूले ११ परिवारकालाई २८ हजार बराबरको चामल, तेल, चिउरा, दाल, मसला, नुन, पिठाे लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको बताए ।
तिहार हुने खानेकाे मात्र नभई हरेक नेपालीको साझा पर्व रहेकाे हुदाँ विपन्न परिवारकाे चुलाेमा पनि आगाे बाल्न शुभकामना साथै खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम गरिएको क्लबका अध्यक्ष महेश्वर बस्नेतले बताए ।
क्लबका अध्यक्ष बस्नेतकाे सभापतित्वमा सम्पन्न कार्यक्रम शुक्लागण्डकी नगरपालिका-७ का वडाध्यक्ष खड्क सिं थापा, शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धिबहादुर थापा लगायत लायन्सका विभिन्न पद ओहाेदामा रहेका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियाे ।