दुलेगौंडा । पाेखरा-मुग्लिन सडक खण्ड विस्तार कार्यकाे क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्युु भएको छ । मृत्यु हुनेमा धनगढी जिल्ला घर भई एनन्यू फेसन् कन्ट्रक्सन सर्वे कम्पनि लिमिटेडका सर्वे हेल्पर सुबास चाैधरी रहेका छन् ।
विहान १० बजे शुक्लागण्डकी-२ गाछेपानी खाेलामा निर्माणाधीन पुलमुनि स्टाप स्केलले तार नाप्ने क्रममा बिजुली आई करेन्ट लागेर निज चाैधरी घाइते भएका थिए । घाइते पश्चात् उपचारको लागि दुलेगौंडा स्थित तनहुँ सेवा हस्पिटल ल्याउने क्रममा निधन भएकाे प्रहरीले जनाएको छ ।