दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनकाे क्रममा जफत गरिएका अखाद्य वस्तु नष्ट गरेको छ ।
नगरपालिकाले आम सर्वसाधारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार क्षेत्रमा रहेका म्याद गुज्रिएको खाद्य सामग्री जफत गरेको थियो । उक्त अखाद्य वस्तु नियम अनुसार नगरपालिकाले नगर परिषरभित्र खाडल पुरेर नष्ट गरिएको अनुगमन समितिका संयाेजक रामचन्द्र सुवेदीले बताए ।
नगरपालिकाले चडपर्व लक्षित वजार अनुगमनमा किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, होटल लगायतका खाद्य व्यवसायिक क्षेत्रमा रहेका म्याद गुज्रिएको अखाद्य वस्तु जफत गरेको थियाे ।
नगरपालिकाले हरेक बर्ष ‘शुक्लागण्डकी नगरपालिकाको वजार निर्देशिका–२०७५’ बमोजिम बजार क्षेत्र अनुगमन गर्दै आएको छ