दुलेगौंडा । शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे निर्वाचनमा समुन्द्रराम श्रेष्ठ विजयी भएका छन् । उनले कुल ३९१ म त प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी सुजित हिराचनले भने २९८ मत प्राप्त गरेका थिए । जहाँ ९३ मत अन्तरमा श्रेष्ठले हिराचनलाई पराजित गरेका थिए ।
यसैगरी बरिष्ठ उपाध्यक्ष पदमा सुमन सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ३३५ मत प्राप्त गर्दा उनका प्रत्यासी नारायण कुमार श्रेष्ठले ३१९ मत मात्रै प्राप्त गरे । जहाँ सुमनले श्रेष्ठलाई १६ मत अन्तरले पराजित गरेकाे छ ।
बाणिज्य उपाध्यक्ष तर्फ ३२३ मत सहित प्रकाश थापा विजय भएका छन् भने साेही पदका उम्मेदवार आनन्द सुन्दर श्रेष्ठले ३०९ मत प्राप्त गरेका छन् ।
यसैगरी उद्याेग तर्फकाे उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । जहाँ श्रेष्ठले ३२७ मत प्राप्त गर्दा साेही पदका उम्मेदवार देबेन्द्रबहादुर ढुङ्गानाले ३२१ मत प्राप्त गरेका थिए ।
महासचिव पदमा सुजन श्रेष्ठ निर्वाचित भएका छन् । उनले ३६३ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी उम्मेदवार पूर्ण बहादुर कायस्थले २९० मत प्राप्त गरेका छन् । जहाँ श्रेष्ठले कायस्थलाई ७३ मत अन्तरले पराजित गरेका छन् ।
उपमहासचिव पदमा बिर्षना श्रेष्ठले मित्रबन्धु पाैडेललाई पराजित गर्दै निर्वाचित भएकी छिन् । जहाँ श्रेष्ठले ३५४ मत हासिल गर्दा उनका प्रत्यासी पाैडेलले २९५ मत प्राप्त गरेका थिए ।
यसैगरी काेषाध्य पदमा कमल गैह्रे निर्वाचित भएका छन् । जहाँ गैह्रेले ३३८ मत प्राप्त गरेका छन् । काेषाध्यक्ष पदको उम्मेदवार रजनी थापाले भने ३१२ मत मात्रै प्राप्त गरेकी छिन् ।
यसैगरी सदस्यमा अमृत घिमिरेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले कुल ४१४ मत प्राप्त गरेका छन् । सदस्यमा विधान गुरूले ३८४ मत, गम बहादुर केसी ३७८ मत, अर्जुन सापकोटाले ३६४ मत, पिताम्बर तिमिल्सिनाले ३५६ मत, सन्ताेष कुमार श्रेष्ठले ३४३ मत, बर्म कुमार श्रेष्ठले ३३६ मत, गिरी बहादुर थापाले ३२३ मत, देवीभक्त रानाले ३२० मत र भुपेन्द्र रिमालले ३२० मत प्राप्त गरि निर्वाचित भएका छन् ।
यसैगरी महिला सदस्यमा जाेसिला थापाले ३७८ मत र वसन्त कुमारी श्रेष्ठले ३०१ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
कुल ८४८ मतदाता रहेको मध्य ७१९ जना मतदाताले मतदान गरेका हुन् । आईतवार बिहान ८ बजेदेखि सुरू भएको मतदान बेलुकी ४ बजेसम्म सञ्चालन भएको थियाे । गएराति ७ बजेबाट सुरू भएकाे मतगणना विहान ६:३० बजे समापन भएको थियाे ।