दुलेगौंडा । शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे निर्वाचनमा ८५ प्रतिशत मत खसेको छ ।
कुल ८४८ मतदाता रहेको मध्य ७१९ जना मतदाताले मतदान गरेका हुन् । आईतवार बिहान ८ बजेदेखि सुरू भएको मतदान बेलुकी ४ बजेसम्म सञ्चालन भएको थियाे ।
निर्वाचनमा सुजित हिराचन र समुन्द्रराम श्रेष्ठको प्यानल चुनावि मैदानमा छ । निर्वाचन कार्य सम्पन्न भएसंगै मतगणना कार्य सुरू हुने निर्वाचन समितिका संयाेजक भानुभक्त सुवेदी जानकारी दिए ।