दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा रहेको जिपि कोइराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रलाई ३०० शैया बनाउ सुरु गर्ने कुरा करिब अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारत सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच द्विपक्षीय भेटका क्रममा भारतले स्तरउन्नतीको कार्य अगाडी बढाउने प्रतिबद्धता जनाएको हो । अबको केही समयपछि भारतीय स्वास्थ्य मन्त्री नेपाल भ्रमणमा आउने क्रममा स्तरउन्नतीको कार्यका लागि सम्झैता गर्ने तयारी भएको पौडेलको सचिवालयले जनाएको छ ।भेटघाटकै क्रममा मन्त्री नड्डाले ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयन र एम्बुलेन्स सहायता अभिवृद्धिका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा भारतीय पक्षबाट सहयोग प्रतिबद्धता प्राप्त भएको मन्त्रीको सचिवालयले जनाएको छ ।