दुलेगौंडा । नेपालीहरूको महान चाडपर्वहरू आउदै गर्दा आम सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पु¥याउने खाद्य सामग्री बिक्री वितरण नहोस् भन्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा अधिकांश बजार विगतको तुलनामा सफा साथै म्याद गुज्रिएका सामाग्री पनि कमै फेला परेको अनुगमन समितिका संया्जक राजेन्द्र सुवेदीले बताए ।
नगरले किराना पसल, मासु पसल, ,फलफूल तथा तरकारी पसल, होटल लगायतका खाद्य व्यवसायिक क्षेत्रमा अनुगमन गरेको थियो । दुलेगौंडा, बेलचौतारा, खैरेनी, ढोरफिर्दीका २४२ व्यवसायमा अनुगमन गर्दा एका दुई बाहेक अधिकांश व्यवसायमा कमै मात्रामा म्याद गुज्रिएका सामग्री फेला परेको सुवेदीले बताए । ‘हामीले अनुगमन गर्दा विगतको तुलनामा बजार धेरै नै सफा रहेको पायौं । अहिले व्यापारी र आम सर्वसाधारण नागरिकमा चेतनाको स्तर पनि धेरै हदसम्म सुधार भएको पायौं ।’ उनले भने ।
अनुगमन गर्दा फेला परेको म्याद गुज्रिएका सामग्रीहरु जफत गरिएको हुदाँ ढुक्कले बजारमा गएर आफुलाई आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्न सकिने सुवेदीको भनाइ छ ।
नगरले गरेको बजार अनुगमनमा म्याद गुज्रिएका खाद्य सामग्री जफत गर्नुका साथै वडामा दर्ता नभएका व्यवसायलाई जरिवाना पनि गरेकोे छ । नगरले दशै र तिहारको बिचमा पनि पुनः अनुगमन कार्यलाई अगाडी बढाउने अनुगमन समितिका संया्जक राजेन्द्र सुवेदीले बताए । नगरले ‘शुक्लागण्डकी नगरपालिकाको वजार निर्देशिका–२०७५’ बमोजिम हरेक बर्ष बजार क्षेत्र अनुगमन गर्दै आएको छ ।