दुलेगौंडा । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) शुक्लागण्डकीकाे अध्यक्षमा कुलप्रसाद गुरूङ चयन भएका छन् । शुक्लागण्डकीको प्रथम नगर भेलाले गुरूङकाे सभापतित्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।
समितिकाे उपाध्यक्ष (उद्योग) मा देवेन्द्र ढुंगाना, उपाध्यक्ष (वाणिज्य) मा कमल सिग्देल, महासचिवमा मित्र बन्धु पौडेल, सचीवमा आरती शर्मा र कोषाध्यक्षमा सबिना बिक चयन भएका छन् ।
यसैगरी समितिकाे सदस्यमा बिमला राई, गोबर्धन गुरुङ, नवराज गौतम, मनिषा सारू, रेसम सापकोटा, सुनिता सुनार, राम कुमारी परियार, सुरेन्द्र वाग्ले, सेर्कु तामाङ, ज्योति ढकाल र पुस्प सुवेदी चयन भएका छन् । यसैगरी सल्लाहकार समितिकाे संयाेजकमा राम प्रसाद सिग्देल र सदस्यहरूमा तिल बहादुर कार्की, ओम कुमार श्रेष्ठ चयन भएका छन् ।
नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) काे गण्डकी प्रदेश सदस्य सुमन सापकोटाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कि केन्द्रिय सदस्य आशा कोइराला, माओवादी केन्द्र शुक्लागण्डकीका अध्यक्ष मनराज गुरूङ लगायतको उपस्थिति रहेको थियाे ।