दुलेगौडा । ढोरवराही मन्दीर साच्चीकै शक्तीको प्रतिक भएको भन्दै संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले मन्दीर क्षेत्रको विकासका लागि सहयोग गर्न तयार रहेको वताए ।
काठमाण्डौ देखि ढोरवराही मन्दीरका लागी भनेर शुक्रवार शुक्लागण्डकी आईपुगेका मन्त्री पाण्डेले मन्दीरको वारेमा मुक्त कण्डले प्रसंशा गरे । कार्यक्रमा वोल्दै उनले मन्दीरमा शक्ती भएको जसका कारण नियमित लहरी छुटेको समेत वताए । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य भित्र यस मन्दिर क्षेत्र पनि परेको वताउदै यसको विकास एवं प्रबर्द्धनमा सहयोग गर्ने वताए ।
ढोरवाराही मन्दीरको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनाको अध्ययन गरी समग्र विकास तथा व्यवस्थापन सम्वन्धमा छलफल गर्ने आयोजना गरीएको अन्तर्क्रिया कार्यक्रममा नेपाल सरकारका पुर्व मन्त्रि एव प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, संविधान सभा सदस्य आशा कोईराला, संविधान सभा सदस्य ध्रुव वाग्ले, प्रदेश सभा सदस्य श्यामराजा महत, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशी लगायतले मन्दीरको विकास र विस्तार सम्वन्धमा धारणा राखेका थिए ।
ढोरेलि सेवा समाज काठमाण्डौकी समन्वयमा भएको कार्यक्रममा ढोरेली समाजका अध्यक्ष शिव कुमारी महतले स्वागत मन्तव्य तथा समाजका पुर्व अध्यक्ष एकराज शिग्देल ढोरवराही मन्दीरको धार्मिक तथा ऐतिहासिक महत्वका चर्चा गर्नु भएको थियो । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डीतको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सहभागीहरुले ढोरवराही मन्दीरको व्यापक सम्भावनालाई मध्यनजर राख्दै यसको विकासमा जुटेर अगाडी बढ्नु पर्ने वताएका थिए ।