दुलेगौंडा । तनहुँकाे प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र ढाेरबाराही मन्दिरमा बृहत् अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ढोरवाराही मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व र यसको दीर्घकालीन विकास सम्वन्धी बिषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम हुन लागेको हाे ।
अन्तरक्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रि वद्रिप्रसाद पाण्डे लगायत प्रतितिधि सभा सदस्य शंकर भण्डारी, पुर्व मन्त्री एवम् संविधान सभा सदस्य आशा खनाल, प्रदेश सभा सदस्य श्याम राजा महत लगायतको उपस्थिति हुने छ ।
अन्तरक्रिया कार्यक्रम असाेज १८ गते शुक्रबार दिउसो २ बजे ढाेरबाराही मन्दिर परिसरमा हुने छ ।