दुलेगौंडा । तनहुँ जिल्लाकै नमुना विद्यालयकाे रूपमा स्थापित पञ्चमुनीदेव माध्यमिक विद्यालयकाे प्रधानाध्यापक पदम एकनारायण भण्डारी नियुक्त भएका छन् ।
यसअघि प्रधानाध्यापक रहेका ध्रुवकुमार मल्ल यही असाेज २९ गते अनिवार्य रूपमा अवकाश हुने भएपछि मल्लले प्रधानाध्यापक पदबाट राजिनामा दिएका थिए । मल्लकाे राजिनामालाई विद्यालय व्यवस्थापन समितिले स्वीकृति गरेपछि रिक्त पदमा सहायक प्रधानाध्यापक भण्डारीलाई प्रधानाध्यापकमा नियुक्त गरिएको हाे ।
बुधबार ध्रुवकुमार मल्लले नियुक्त प्रधानाध्यापक एकनारायण भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्ताेष श्रेष्ठलाई आफ्नो सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
मल्ल करिब ३५ बर्ष अनवरत रूपमा शिक्षक तथा प्रधानाध्यापक पदकाे सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् ।