खैरेनीटार । लायन्स क्लब अफ तनहुँ खैरेनिटार र लिया क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रको संयुक्त आयोजनामा भएका चित्रकला प्रतियोगितामा सूर्यदय इङलिस बोर्डिङ स्कुलकी समृद्धि थापा प्रथम भएकी छिन् । ‘पिस विथ आउट लिमिट’ शिर्षकमा ११ बर्षदेखि १३ बर्षसम्मका बालबाबिका बिच भएको चित्रकाला प्रतियोगितामा सहभागि ३७ विद्यार्थीलाई पछि पार्दै थापा प्रथम भएकी हुन् । प्रथम भएसंगै थापाले नगद तीन हजार साथमा प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
यसैगरी प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयकी स्मारीका घिमिरे द्धितीय, नेपाल पुलिस स्कृलकी अग्रता अर्याल तृतीय र जनकल्याण माध्यमिक विद्यालयकी अनुसा विक सान्त्वना भएका छन् । प्रतियोगितामा द्धितीय, तृतीय र सान्त्वना हुनेले नगद २ हजार, १ हजार र ५ सय साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले विद्यार्थीमा रहेको चित्र बनाउने क्षमतालाई उजागरण गर्न क्लबले आयोजना गरेको प्रतियोगिता आफैमा उत्कृष्ट रहको बताए । साथै एउटा चित्रले हजारौ शब्दले दिने भाव व्यक्त गर्ने हुदाँ विद्यार्थीमा रहेको यस्तो क्षमतालाई अझै बढावा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लबका अध्यक्ष महेश्वर बस्नेतले विद्यार्थीमा चित्र बनाउने कलाले कल्पना शक्ति बढाउन सहयोग पु¥याउने बताए । साथै क्लबले आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रथम हुनेले जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा सहभागि हुन पाउने बताए ।