दुलेगौंडा । आगामी शनिबारसम्म देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सार्वजनिक गरेको विशेष माैसम बुलेटिनमा तनहुँ जिल्ला उच्च जाेखिमकाे `रेड जाेन´मा परेको छ । गण्डकी प्रदेशको तनहुँ सहित लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको ‘रेड जोन’मा परेका हुन् ।
वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले अद्यावधिक मौसमबारे जानकारी लिन महाशाखाले अनुरोध गरेको छ। बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना छ।