दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटार स्थित कुश्मावती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । एग्बोसा काठमाण्डौं तथा सूर्य नेपाल प्रालिको आयोजनामा उक्त शिविरको आयोजना गर्न लागिएको हो ।
संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत रहेर स्वास्थ्य शिविर आयोजना गर्न लागिएको प्रालिका मानव संसाधन विभाग प्रमुख अञ्जन दुवाडीले बताए । शिविरमा विर अस्पताल, गण्डकी मेडिकल कलेज, टिचिङ्ग अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी वरिष्ठ विशेषज्ञ चिकित्सकको टोली आउने हुदाँ छोटो समयमा नै धेरै सुविधा प्राप्त गर्न सकिने दुवाडीको भनाई छ ।
शिविरमा स्त्री रोग सम्बन्धी जाँच, थाइराइड सम्बन्धी जाँच, दन्त रोग सम्बन्धी जाँच, नाक, कान तथा घाँटी रोग सम्बन्धी जाँच, फोक्सो सम्बन्धी जाँच, बालरोग सम्बन्धी जाँच, छाला रोग सम्बन्धी जाँच, हाडजोर्नी रोग सम्बन्धी जाँच, पेट सम्बन्धी जाँच, नशा तथा स्नायु रोग सम्बन्धी जाँच, मुटुरोग सम्बन्धी जाँच, भिडियो एक्सरे सम्बन्धी जाँच र आँखा रोग सम्बन्धी जाँच गराईने छ ।
स्वास्थ्य परिक्षण यहि असोज १२ गते कुश्मावती माध्यमिक विद्यालयमा हुने छ । स्वास्थ्य शिविरमा शुक्लागण्डकी, भिमाद, म्याग्दे लगायत अन्य पालिकाका मान्छेले पनि स्वास्थ्य परिक्षण गराउन पाउने मानव संसाधन विभाग प्रमुख दुवाढीको भनाई छ । शिविर विहान ८ः३० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुने छ ।