दुलेगौंडा । तनहुँ सेवा समाज युएईको अध्यक्षमा शुक्लागण्डकीका राजु तिमिल्सिना सर्वसम्मत चयन भएका छन् । १५ सेप्टेम्बरमा बरदुवईमा सम्पन्न चौंथो अधिवेशनले तिमिल्सेनाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा कृष सुनार, उपाध्यक्षहरु गणेश बस्नेत क्षेत्री, अपिल भट्टराई, सुरिन भुजेल, अम्मरराज पंन्थी, महिला उपाध्यक्षमा अनिता अधिकारी चयन भएका छन् । यसैगरी महासचिवमा दिपेन्द्र पौडेल, प्रवक्तामा ज्ञानु शाही ठकुरी, सचिवमा रमेश गोदार, जितेन्द्र कार्की, कोषाध्यक्षमा ईश्वर अधिकारी, सहकोषाध्यक्षमा विष्णु कार्की चयन भएका छन् ।
यसैगरी समितिको युवा संयोजकमा योग नारायण अधिकारी, खेलकुद संयोजकमा मिलन चन्द ठकुरी, महिला संयोजकमा सरिता न्यौपाने तथा केन्द्रिय सदस्यहरुमा नेत्र लामिछाने, ईन्दु पोख्रेल, किशोर पाण्डे, शिव श्रेष्ठ, राम्जी बानियाँ, विक्रम थापा, रश्मी आले मगर, विकास मिश्र र मिनराज श्रेष्ठ चयन भएका छन् ।
तनहुँ सेवा समाज युएईका संरक्षक दिपक खड्काको प्रमुख आतिथ्यता तथा समाजका २२–२४ का अध्यक्ष सुदिप कार्कीको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाही, नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल लगायत युएईमा क्रियासिल सामाजिक संघ संस्थाको प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।