दुलेगौंडा । खैरेनी माध्यमिक विद्यालयबाट २०६३ सालमा एसइइ दिएका पूर्व विद्यार्थी समूहले शुक्लागण्डकी–७ अर्चलेमा रहेको अर्चलथुम प्राथमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी साम्रगी हस्तान्तरण गरिएको छ ।
स्टेशनरी वितरण कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमखु खुमबहादुर विक (राजु)ले विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापलाई सहज बनाउन पूर्व विद्यार्थी समूहले प्रदान गरेको स्टेशनरी वितरण कार्यक्रम उत्कृष्ट रहेको बताए ।
विद्यार्थीको सिकाइको एउटा माध्यम शैक्षिक सामग्री रहेको हुदाँ सिकाईको क्रममा विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री आफुहरुको समूहद्धारा हस्तान्तरण गरिएको समूहका संयोजक रमशे विकले बताए । उनका अनुसार आफुहरुले यस अगाडी भिमाद नगरपालिका–८ भागरमा रहेको बालज्योती माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमखु राजु सहित खैरेनी माविबाट २०६३ सालमा एस.एल.सी दिएका विद्यार्थी तारा राना (मगर),. अनिता थापा(श्रेष्ठ),. जुनी राना (मगर), रमेश वि.क., मिथुन सुनार, किशन वि.कको टिमले विद्यालयमा नै पुगेर स्टेशनरी सामग्री वितरण गरेका थिए ।