दुलेगौँडा । विज्ञान शिक्षक समाज नेपाल (स्टान) शुक्लागण्डकी नगर कार्यसमितिले आयाेजना गरेको अन्तर माध्यमिक विद्यालय विज्ञान हाजिरिजवाफ प्रतियोगितामा आधारभूत माध्यमिक विद्यालय साँखे प्रथम भएको छ ।
यसैगरी प्रतियोगितामा लिटल गार्डेन इङलिस बाेर्डिङ्ग स्कुल द्धितीय र अरनिको माध्यमिक विद्यालय कवासे तृतीय भएको छ ।
प्रतियोगिता प्रथम हुने आधारभूतका विद्यार्थी समूहले नगद १ हजार ५०० साथमा स्टेसनरी, द्धितीय हुने लिटल गार्डेनका विद्यार्थी समूहले ९ सय साथमा स्टेसनरी र तृतीय हुने अरनिको कवासेका विद्यार्थी समूहले ५ सय साथमा स्टेसनरी प्राप्त गरेको छ ।
विद्यार्थीमा विज्ञान सम्बन्धि ज्ञान अभिवृद्धि गर्नका लागि प्रतियोगिता आयाेजना गरिएको स्टनका अध्यक्ष राजकुमार भुजेलले बताए । १५ विद्यालय सहभागी रहेको प्रतियोगिता प्रथम हुने आधारभूत मावि साँखेले जिल्ला स्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता सहभागी हुन पाउने बताए ।
विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप पनि सहभागी गराएर विद्यार्थी भित्र रहेकाे प्रतिभा प्रस्फुटन गर्न यस हाजिरीजवाफ प्रतियोगिताले सहयोग गर्ने नगर शिक्षा शाखाका शाखा अधिकृत सुशील नरालले बताए ।