दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेसीमा खुला तीजगीत प्रतियोगिता हुने भएको छ । हिमचुली युवा क्लबले हरितालीका तीजको अवसर पारेर तीजगीत प्रतियोगिता आयोजना गरेको हो ।
मैलिक तीजगीतको संरक्षण गर्नका निम्ति तीजगीत प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष बाबुराम वाग्लेले बताए । प्रतियोगितामा महिला हिंसा, मानव बेचबिखन, लागुऔंषध दुव्यसन, प्राकृतिक प्रकोप रोकथाम, बाल शोषण, बालविवाह, ट्राफिक नियम पालना लगायतका विषयवस्तुमा प्रस्तुति राख्न पाईने उनको भनाई छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितीय हुनेले १५ हजार, तृतीय हुनेले १० हजार, सान्त्वना हुनेले ५ हजार र उत्कृष्ट नृत्यको लागि १ हजार पाँच सय रुपैया प्राप्त गर्ने छन् ।
प्रतियोगिता शुक्लागण्डकी नगरपालिका–१ सेराबेसीमा भाद्र २१ गते हुने छ । टि दर्ता शुल्क एक हजार रुपौंया निर्धारण गरिएको छ ।