दुलेगौंडा । नेपाली नारीहरूकाे महान पर्व हरितालिका तीजकाे अवसरमा दुलेगौंडा तीज गीत प्रतियोगिता हुने भएको छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति वडा नं. ४ ले भदाै २१ गतेका दिन उक्त प्रतियोगिता आयाेजना गर्न लागेको हाे ।
प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ३ हजार साथमा प्रमाणपत्र पाउने समितिका सचिव बालकृष्ण विकले जानकारी दिए । प्रतियोगतामा सहभागी उत्कृष्ट नाँच र पोशाकलाई नगद ३ हजार प्रदान गर्ने सचिव विकले बताए ।
हरेक बर्ष दुलेगौंडामा तीज गीत प्रतियोगिताको हुने गरेको छ । यसपटक चर्चित कलाकार पुजा पुरीको प्रस्तुती समावेश गरिएकाे छ ।