दुलेर्गाैंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा दोस्रो तीज कप रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका ८ नं वडा कार्यालयले तिज गित एवम् बिबिध प्रतियोगिता सहितको दोस्रो तिज कप सन्चालन गर्ने भएको हो । भाद्र २० र २१ गते हुने प्रतियोगितामा तीज गित सहित म्युजिकल चियर प्रतियोगिता, घैटो फुटाई प्रतियोगिता, चम्चा गुच्चा दौड प्रतियोगिता र सियो धागो उन्ने प्रतियोगिता हुने वडाध्यक्ष नारायण सिहं थापाले बताए ।
प्रतियोगितामा तीज गीत तर्फ प्रथम हुनेले ७ हजार ७७७, द्वितीय हुनेले ५ हजार ५५५, तृतीय हुनेले ३ हजार ३३३, पहिलो सान्त्वना हुनेले २ हजार २२२ र दोस्रो सान्तवना हुनेले १ हजार १११ साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् । यसैगरी विधागत प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा सबैभन्दा धेरै मेडल जित्ने समुहले रनिङ शिल्डको उपाधी पाउने छ । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने टोलले २० हजार रनिङ शिल्ड मेडल र प्रमाणपत्र, द्धितीय हुनेले १५ हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेले १० हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
२०८० सालबाट सन्चालनमा आएको यो प्रतियोगिता अन्तर्गत प्रथम तिज कपको उपाधी शिव टोल बिकास सस्थाले हात पारेको छ, प्रतियोगिता सन्चालन सम्बन्धि नियमानुसार कुनै टोलले लगातार ३ बर्ष सम्म प्रथम भै रनिङ शिल्ड जितेमा उक्त टोललाई ५० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिने साथै प्रतियोगितामा सहभागी हुनको लागि वडा भित्रको ३४ बटै टोलवाट भाद्र १४ गतेभित्र नाम दर्ता गराउनुपर्ने र सोही दिन प्रतियोगीहरुको गोला प्रथाद्वारा खेल तालिका तय एवम् पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा थप जानकारी प्रदान गरिने वडाध्यक्ष नारायण सिंह थापाले बताए ।