दुलेगौंडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामीले आयाेजना गरेको शिव महिमा बाेलबम धार्मिक महाेत्सवकाे खर्च विवरण सार्वजनिक गरिएको छ । आइतबार कार्यक्रमकाे समिक्षा एवम् आयव्यय सार्वजनिक गरिएको हाे ।
श्रावण २१ गतेदेखि २८ गतेसम्म भएको धार्मिक कार्यक्रममा २५ लाख ७३ हजार नौ सय ५९ रुपैया दान संकलन भएको लेखा समिति संयाेजक शिव गर्ताैलाले बताए । उक्त रकममा वागदान ५ लाख ७१ हजार ८५ रूपैयाँ रहेको छ । कार्यक्रम अवधिमा कुल १२ लाख २६ हजार ८१२ रूपैयाँ खर्च भएको गर्ताैलाले बताए ।
च्यवन धाम सबै धर्मावलम्बीकाे साझा आस्थाको केन्द्र विन्दु रहेकाे धार्मिक महाेत्सवका मुल समारोह समितिका संयाेजक नारायण कुमार श्रेष्ठले बताए । उनले हरेकलृ आफ्नो ठाउँ निर्माण गर्न कार्यक्रम गर्न हुने तर प्रतिशाेध साचेर कुनैपनि काम गर्न नहुने समेत बताए ।
कार्यक्रममा बाेल्दै धाम समितिका अध्यक्ष हाेमनाथ लम्सालले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने मुल समाराेह समिति, उप समिति, टाेल विकास संस्था, आमा समूह, युवा क्लब, सामाजिक संघ संस्था सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
च्यवन धाम र गाै संरक्षण केन्द्रकाे एकीकृत विकास एवम् प्रवर्द्धनका लागि आयाेजित धार्मिक महाेत्सवमा माधुर्य कथा वाचक पण्डित बालकृष्ण अर्यालले कथा प्रवचन गरेका थिए ।