दुलेगौंडा । खैरेनी माध्यमिक विद्यालयबाट २०६३ सालमा एसइइ दिएका पूर्व विद्यार्थी समूहले भिमाद नगरपालिका-८ भागरमा रहेकाे बालज्याेती माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
पूर्व विद्यार्थी समूहबाट विद्यालयमा अध्ययन गर्ने २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई १६ हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको समूहका सदस्य रमेश विकले बताए ।
कार्यक्रममा बाेल्दै विद्यालयका अध्यक्ष क्या. मोहन बहादुर थापाले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका पनि यश विद्यालयमा अध्ययन गर्ने भएकाले यस्तो सहयोग आवश्यक रहेको बताए । थापाले अन्य सहयोग हरु जुटाउन पहल गरिदिन समेत समुहलाई आग्रह गरेका थिए ।
कार्यक्रममा उपस्थित भएका खैरेनी माविका पुर्व प्रधानाध्यापक प्रेम बहादुर थापाले समुहको खुलेर प्रशंसा गरे । समुहको यस सहयोगले बिद्यार्थीहरुलाई सहज सिकाइ गर्न सहयोग पुग्ने बताए ।
२०६३ मा एस.एल.सी दिएका तारा थापा राना, सर्मिला कनुवार, शंकर बिक, लक्ष्मण राई, अनिता थापा, कृष्ण बिक, भिम कुमाल, सङगम राना, शिव आले, तारा सुनार, सङ्गिता आले लगायतले कपि, कलम पेन लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।