दुलेगौंडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा जारी शिव महिमा बाेल बम धार्मिक महाेत्सवमा हालसम्म ३ लाख ५३ हजार २३८ रूपैयाँ दान रकम संकलन भएको आर्थिक संकलन समितिका संयाेजक सुरेन्द्र पाैडेलले बताए ।
धार्मिक महाेत्सवबाट प्राप्त दान रकम च्यवन धाम र गाै संरक्षण केन्द्रकाे एकीकृत विकास एवम् प्रवर्द्धनका लागि खर्च गरिने मुक्तिनाच शुक्लागण्डकी च्यवन धाम समितिका अध्यक्ष हाेमनाथ लम्सालले बताए ।
श्रावण २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने कार्यक्रम माधुर्य कथा वाचक पण्डित बालकृष्ण अर्यालले कथा वाचन गरिरहेका छन् ।