दुलेगौंडा । ३० ओैं अन्तर्राष्ट्रिय जनजाति दिवसकाे अवसरमा शुक्लागण्डकी नगरपालिकामा सार्वजनिक विदा हुने भएको छ ।
नगरपालिकाले विहिबार एक सुचना प्रकाशन गर्दै स्थानीय विदाकाे जानकारी गराएको हाे । नगरपालिकाकाे कार्यालय साथै वडा, स्वास्थ्य संस्था, विद्यालय, बैक तथा वित्तीय संस्थामा स्थानीय विदा रहेका नगरपालिकाले जनाएको छ ।
विश्व आदिवासी दिवसका अवसरमा तनहुँकाे शुक्लागण्डकी नगरपालिका सहित व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, ऑबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा हुने छ ।