दुलेगौंडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा आजदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको औपचारीक उद्धघाटन नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलल गरे ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले मानसिक स्वास्थ्य सुधार गर्न धार्मिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले तनहुँ जिल्ला भित्र रहेका स्वास्थ्य संस्थाहरुको सुधार तथा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा सम्पूर्ण जननिर्वाचित जनप्रतिनिधिहरु लागि पर्नुपर्ने संविधान सभा सदस्य एवम् पूर्व मन्त्री आशा कोईरालाले बताईन् । धाम क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट पनि आवश्यक रकम विनियोजन गर्न पहल गर्ने प्रदेश सभा सदस्य श्यामराजा महतले बताए ।
बोलबम महिमा धार्मिक महोत्सवको मूल समारोह समितिका संयोजक नारायण कुमार श्रेष्ठको सभापतित्वमका सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले स्वागत मन्तव्य दिएका थिए ।
च्यवन धाम र गौं संरक्षण केन्द्रको एकिकृत विकास एवम् प्रवद्धनका गर्नका लागि धार्मिक महोत्सवको आयोजना गरिएको हो । श्रावण २१ गतेदेखि २८ गतेसम्म हुने यस महोत्सवमा माधुर्य कथा वाचक पण्डित बालकृष्ण अर्यालले कथा वाचन गर्ने छन् । हरेक दिन बेलुकी महाआरति हुने छ ।