दुलेगौंडा । कास्कीकाे पाेखरा महानगरपालिका-३२ लामेआहालमा नवाै श्रीकृष्णजन्माष्टमी महाेत्सव एवम् भजन चुड्का तथा झाकी प्रदर्शन कार्यक्रम हुने भएको छ ।
मौलिक भजन चुड्काको संरक्षण गर्ने मुल उदेश्यले प्रतियोगिता आयोजना गरिएको समुहका अध्यक्ष सञ्जय ढकालले बताए । भजन प्रतियोगिता सहितको झाकी प्रदर्शन कार्यक्रम, विभिन्न जातजाति सहितकाे साझा कार्यक्रमकाे रूपमा विकास भएको बताए ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजार, द्धितीयले ४० हजार, तृतियले ३० हजार, सान्त्वनाले २० हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा कास्की, तनहुँ, बाग्लुङ, स्याङजाका, पर्वत साथै विभिन्न जिल्लाबाट सहभागी हुन आउने गरेका छन् ।
समूहका अध्यक्ष ढकालकाे सभापतित्वमा सम्पन्न अन्तरक्रिया एवम् पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय लाेक तथा भजन भुड्का संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष भुलाप्रसाद भण्डारी, राधाकृष्ण वृद्धाश्रमका सह अध्यक्ष गणेशबहादुर केसी, तल्लो गगनगाैडा खानेपानी उपभोक्त समितिका काेषाध्यक्ष विमला कुमारी थापा बस्नेत लगायतले बाेलेका थिए भने समूहका सहसचिव भरत थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतियोगिता यहि भदौ १० गते कास्कीको पोखरा महानगरपालिका–३२ स्थित श्री राधाकृष्ण मन्दिर शान्ति आश्रम अन्तर्गत राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय र वृद्धाश्रमम सञ्चालित हुने छ ।