दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-३ कवासेमा रहेकाे सहिद कृष्ण माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई स्वत युनेस्को क्लबले स्वत बार्षिक छात्रवृत्ति वितरण गर्ने घाेषणा गरेको छ ।
आर्थिक अवस्था कमजाेर रहेकाे २ जना विपन्न परिवारका बालबालिकालाई बार्षिक २५ हजारकाे दरले ५० हजार वितरण गर्ने क्लबमा अध्यक्ष अजयकुमार श्रेष्ठले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर हुदाँ पढ्न र आफ्नो क्षमता प्रस्तुत गर्न नसकेका बालबालिकालाई यस छात्रवृत्तिले सहयोग पुर्याेउने छ ।
कार्यक्रममा बाेल्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष परशुराम शर्मा भण्डारीले विपन्न परिवारका बालबालिकाका निम्ति क्लबले गरेकाे लगानी खेर नजाने बताए । साथै यश सहयोगका लागि आभार समेत प्रकट गरे ।