दुलेगौंडा । स्वत युनेस्को क्लबले प्राकृतिक प्रकाेपद्वारा पिडित परिवारलाइ राहत वितरण गरेको छ । गत बर्ष श्रावण ३१ गते शुक्लागण्डकी नगरपालिका-४ पुल्चोकमा सेती नदिले विस्थापित गरेका ६ परिवारलाई क्लबले नगद ६६ हजार रूपैयाँ सहयाेग हस्तान्तरण गरेको हाे । परिवारका प्रत्यक व्यक्तिलाई २ हजारका दरले रकम वितरण गरिएको छ ।
कार्यक्रममा बाेल्दै स्वत युनेस्को क्लबमा अध्यक्ष एवम् नेपाल युनेस्को केन्द्रका केन्द्रीय सदस्य अजय कुमार श्रेष्ठले वास्तविक पिडित परिवारकाे हातमा राहत पुगेको बताए । साथै उनले प्राप्त रकमकाे सहि सदुपयोग गर्न आग्रह पनि गरे ।
सेती नदिले विस्थापित परिवारलाई राहत वितरण गरेको हुदाँ दुखीकाे घाउमा मलमपट्टी गर्न सघाउ पुगेको शुक्लागण्डकी नगरपालिका-४ का वडाध्यक्ष राजकुमार वाग्लेले बताए ।
क्लबले बेलबहादुर परियार, डिलबहादुर सार्की, कुसुम सुनार, लक्ष्मी गायक, अमृत गायक र थमन सुनारकाे परिवारमा रहेका ३३ सदस्यलाई नगद २ हजारका दरले ६६ हजार रूपैयाँ रकम वितरण गरेको छ ।