दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका- ७ नमुना भोटेपानी टोल स्थित रेखबहादुर थापा मगरको घरबाट गएराती १६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरधनी रेख ब. थापा मगर सहित अमृत सारु, मुक्त बहादुर राना, डोल बहादुर राना, विष्णु थापा, अशोक कुमाल, डम्बर बहादुर थापा, देविराम गुरुङ, राजेन्द्र ढुङ्गाना, चेत प्रसाद सिग्देल, उदय कुमार भुजेल, गणेश बहादुर दर्लामी, सुदिप नेपाली, मदन थापा, सागर परियार, रितु भुजेल रहेका छन् ।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ बुक ताससहित नगद ५९ हजार ९६० रूपैयाँ बरामद गरेको थियाे । उनिहरूलाई बुधबार जिल्ला अदालत तनहुँमा उपस्थित गराइ म्याद थप गरि अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।