दुलेगौंडा । लायन्स क्लब अफ शुक्लागण्डकीले यहि साउन ४ गते वृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ । क्लबकाे बार्षिक कार्यक्रम अन्तर्गत उक्त रक्तदान कार्यक्रम गर्न लागेको हाे ।
अस्पतालमा हुनसक्ने रगत अभावलाइ कम गर्नका लागि रक्तदान कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष विजयकुमार अर्यालले बताए । उनले रक्तदान गर्न भनेको कसैका लागि जीवन गर्नु समानकाे पुण्य कार्य रहेको हुदाँ सहभागीका लागि आग्रह पनि गरे ।
रक्तदान कार्यक्रम शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित हेल्पाेष्ट चाेकमा प्रादेशिक रक्त सञ्चार केन्द्रकाे प्राविधिक सहयोगमा हुने रिजन चियर पर्सन सुमन सापकोटाले बताए । कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा वरिष्ठ लाेकदाेहाेरी गायक पुरूषाेतम न्याैपाने आउनु हुने छ ।