दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-८ मा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गण परिसरमा वृक्षारोपण गरिएको छ । गणकाे छैठौं वार्षिक उत्सवको अवसरमा वक्षाराेपण कार्यक्रम गरिएको हाे ।
वृक्षारोपण कार्यक्रममा बाेल्दै गण प्रमुख प्रहरी उपरीक्षक केदार खनालले वृक्षरोपणले वातावरणकाे साैन्दर्यता वृद्धि हुनुको साथै जमिनको भाग क्षयीकरण हुनबाट बचाउने बताए ।
गण परिसर भित्र आँप, लिची, असोका, अमला, रिठ्ठा, कल्की, लप्सी, मसला,भगेरी फूल, तेजपत्ता, अगर वुड, वेल,चाप, ईपिललिपिल, कपुर गरी ७५० वटा फलफुल तथा बोटबिरूवा बृक्षारोपण गरिएको गणका वरिष्ठ सहि रामकृष्ण अधिकारले जानकारी दिए । गण प्रमुख प्रहरी उपरीक्षक खनाल सहित सहायक गण प्रमुख श्यामु अर्याल, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार, जवानको सहभगितामा १३० जना प्रहरी कर्मचारीहरुले गण परिसर वृक्षारोपण गरेका थिए ।