दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-८ ढाेरफिर्दीका स्थानीयले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरकाे वडा नम्बर ८, ९, १०, ११ र १२ क्षेत्रमा विद्युत प्रवाहमा भइरहेकाे समस्य, बेथिति तथा अनियमितताकाे विषयलाई जाेड्दै ध्यानाकर्षण पत्र बुझाएको हाे ।
एउटै समयमा दुलेगौंडा क्षेत्रमा पूर्ण क्षमताको विद्युत प्रवाह भई झलल बल्दा सेतीपारीका क्षेत्र अन्धकार रहेको हुदाँ आफुहरूलाइ दाेस्राे दर्जाकाे नागरिक भएको महशुस भएको स्थानीय कृष्णप्रसाद रेग्मीले बताए ।
ध्यानाकर्षण पत्रमा दर्जनौं पटक विना जानकारी विद्युत आपूर्ति बन्द भएको, विद्युत क्षमता घटबढ हुदाँ मेसिनरी सामग्री विग्रेकाे, विद्युतमा समस्या देखिएर कर्मचारीलाई फाेन गर्दा गैह्र जिम्मेवार अभिव्यक्ति दिने तथा विद्युत जडान गर्दा मनपरि शुल्क लिने जस्ता कार्य गरेको उल्लेख गरिएको छ ।
यस समस्यालाई समाधान गरिदिन आग्रह गर्दै साेमबार नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रलाई स्थानीयले ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा स्थानीय माधव भट्टराई, यामबहादुर खाँड, कृष्णप्रसाद रेग्मी, चन्द्रप्रकाश सिग्देल र भानुभक्त पाैडेलले हस्ताक्षर गरेका छन् ।
ध्यानाकर्षण पत्र