दुलेगौंडा । १३ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमाद नगरपालिका-७ राङरूङ बस्ने ३१ बर्षिय विरेन्द्र परियार रहेका छन् ।
निज परियारले बालिकालाई असार ३० गते मकैबारीमा जबरजस्ती करणी गरेका थिए । घटनाको बारेमा थाहा भएपछि निजलाइ भिमाद-७ बागटारबाट प्रहरीले पक्राउ गरेको थियाे । परियारले बालिकालाई ललाइ फकाइ गरेर जबरजस्ती गरेको बुझिन आएको छ ।
पक्राउ परेका परियारलाई जिल्ला अदालत तनहुँमा उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।