दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-८ ढाेरफिर्दीका प्रदिप पाैडेल मन्त्री भएका छन् । साेमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पौडेलले पदभार ग्रहण गरेका थिए ।
पदभार ग्रहण गर्दै पाैडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने निर्णय गरेका छन् । ‘नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउनेछौं । एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौं’, उनले भने, ‘धेरै ठूला काम कति गर्न सक्छौं, तर साना साना कुराहरुको परिवर्तन गरेर देखाउन सक्छौं ।’
मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने समेत बताए ।
पाैडेल तनहुँकाे शुक्लागण्डकी नगरपालिका-८ ढाेरफिर्दी घर भइ गएको निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।