दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-६ काउरेमा पहिराेबाट पिडित घर परिवारलाई सुर्य नेपाल प्रा.लिले राहत सामग्री वितरण गरेको छ ।
शुक्रबार रातिदेखि परेको पानीले शनिबार काउरेमा पहिराे गएको थियाे । पहिराेमा परि ३ जनाकाे मृत्यु भएको थियाे । पहिराेबाट पिडित ६ घर परिवारलाई सुर्य नेपालद्वारा खाद्यान्न, तल्ताकपडा, टेन्ट लगायतका सामग्री हस्तान्तरण गरेको कम्पनीका एच.आर म्यानेज अञ्जन दुवाडीले बताए ।
कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले विपत जुनसुकै समयमा पनि आउने हुदाँ व्यक्ति आफै सचेत हुनुपर्ने बताए । विपतमा परेका व्यक्ति, परिवारलाई प्रशासनले पनि आवश्यक सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पहिराे पिडितलाइ नेपाल रेडक्रस साेसाइटी शुक्लागण्डकी शाखाले पनि राहत सामग्री उपलब्ध गराएको थियाे ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जनार्दन गाैतम, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, सुर्य नेपाल प्रालिका व्यस्थापक बाबुराम कार्की, शुक्लागण्डकी-७ का वडाध्यक्ष खड्ग सिं थापा लगायतको उपस्थिति रहेको थियाे ।