दुलेगौंडा । शुक्रबार रातिदेखि परेको अविरल बर्षाका कारण शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिराेमा परि बेपत्ता रहेकी अनिशा बास्तोलाकाे पनि शव फेला परेको छ ।
शनिवार राति ४० बर्षिय हिरामाया नेपालीको शव फेला परेको थियाे । राति अबेरसम्म खाेजि कार्य गरिएता पनि पहिराेकाे जाेखिम रहेकाे भन्दै खाेजि कार्य स्थगित गरियाे । आइतबार विहान पुनः खाेजि कार्य सुरू गरेपछि बेपत्ता रहेका अनिशा सहित ५६ बर्षिय श्याम भण्डारीकाे शव फेला परेको हाे ।
जेसिबि मार्फत स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाले बेपत्ताको खाेजि कार्य गरेका थिए । पहिराेले हिरामायाकाे घर पूर्ण क्षति पुर्याएकाे थियाे । क्षतिकाे विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।