खैरेनीटार । शुक्रबार रातिदेखि परेको अविरल बर्षाका कारण शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिराेमा परि बेपत्ता थप १ व्यक्तिको शव फेला परेको छ । फेला पर्नेमा ५६ बर्षिय श्याम भण्डारी रहेको प्रहरीले जनाएको छ ।
शनिवार राति खाेजि कार्य स्थगित गरि आज बिहान ७ बजेदेखि पुनः खाेजि सुरू गरिएको थियाे । अझै बेपत्ता रहेकी ३० बर्षिय अनिशा बास्ताेलाकाे खाेजि कार्य भईरहेकाे छ । गएराति ४० बर्षिय हिरामाया नेपालीको शव फेला परिसकेको छ ।
अहिले जेसिबि मार्फत स्थानीय, नेपाल प्रहरी, नेपाली सेनाले बेपत्ताको खाेजि कार्य गरिरहेका छन् ।